images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना...

गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने

गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने

images
images
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं- नेपाल इकोनोमिक फोरम-NEF ले आज ‘गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातर्फ’ विषयमा NEFtalk कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे छलफल गरेका थिए ।छलफलमा राइड–हेलिङ सेवाले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा मझौला व्यवसाय, NEFtalk र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याइरहेको विषयमा जोड दिइएको थियो। सहभागीहरूले गिग अर्थतन्त्र नेपालका युवाहरूका लागि आम्दानीको अवसर सिर्जना गर्ने प्रभावकारी माध्यम बन्दै गएको बताएका थिए ।

    images
    images

    राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले गिग अर्थतन्त्रलाई व्यवस्थित र दिगो बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताए । उनले नवप्रवर्तन र नियमनबीच सन्तुलन कायम गर्दै श्रमिक संरक्षण, सामाजिक सुरक्षा र प्रमाणमा आधारित नीति निर्माणमा जोड दिए ।NEF का कार्यकारी बोर्ड सदस्य रोजेश श्रेष्ठले राइड–हेलिङ सेवाले पर्यटन, साना व्यवसायको विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले यो क्षेत्र केवल यातायातसँग मात्र नभई आर्थिक विकाससँग पनि जोडिएको उल्लेख गरे ।NEFtalkका अध्यक्ष राजेश मास्केले राइड–हेलिङ क्षेत्रको तीव्र विस्तारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी व्यवस्था र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए ।

    कार्यक्रममा NEFtalkकी प्रबन्ध निर्देशक आँचल कुँवर, विश्व बैंक समूह की वरिष्ठ सामाजिक संरक्षण विशेषज्ञ जास्मिन राजभण्डारी तथा कानुन व्यवसायी समन्त दाहाल सहभागी थिए । उनीहरूले डिजिटल व्यवसाय, गिग श्रमिकको सामाजिक सुरक्षा, महिला सहभागिता तथा स्पष्ट कानुनी संरचनाको आवश्यकताबारे धारणा राखेका थिए ।कार्यक्रमको समापन गर्दै NEF का अध्यक्ष सुजीव शाक्यले नेपालमा गिग अर्थतन्त्रको विकासका लागि निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै अनुसन्धान र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend