images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • २७ अंकले बढ्यो नेप्से, कारोबार ५...

२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी

२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी

images
images
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • काठमाडौं ।  सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेको छ । आज नेप्से १.४ प्रतिशतले बढेर २६४५.३६ विन्दुमा पुगेको छ ।५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ । 

    images
    images

    २१३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।३०७ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार ५५२ पटक शेयर किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    सोमबार १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.४६ प्रतिशतले बढेर ३ हजार ४८४.६२ विन्दुमा पुगेको छ । सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले बढेर १ हजार ५०९.१५ विन्दुमा पुगेको छ । 

    images
    images

    त्यस्तै, विकास बैंक १.५७ प्रतिशतले, होटल एण्ड पर्याटन १.१७ प्रतिशतले, हाइड्रोपावर १.५८ प्रतिशतले,लगानी ०.८५ प्रतिशतले, जीवन बीमा १.८५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.३४ प्रतिशतले,लघुवित्त १.२६ प्रतिशतले, म्यूचुअल फण्ड ०.७२ प्रतिशतले, निर्जीवन बीमा ०.६४ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह ०.७५ प्रतिशतले बढेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend