काठमाडौँ ।युनिक नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रि ल्याएको छ । कम्पनीले दोस्रोपटक सात दिने सूचना जारी गर्दै लघुवित्तका सेयरधनीहरु प्रिम बहादुर थारुको आफ्नो नाममा रहेको ५०० कित्ता संस्थापक सेयर मिनराज चौधरीको नाममा रहेको ३००० कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।
उक्त संस्थापक सेयर खरिद गर्न पहिलो प्राथमिकता यस वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने भएकाले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुको जानकारीका लागि मिति २०८३ / ०१ २५ गतेको नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरीदको लागि आवेदन प्राप्त नभएकोले उक्त संस्थापक सेयर कित्ता खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरु वा विद्यमान संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरुले आवेदन दिनुपर्ने छ ।




.gif)



