images

२०८३ आश्विन २० गते

images
images
images

‘जेरी अन टप’ को शुभमुहूर्तसँगै छायांकन सुरु

‘जेरी अन टप’ को शुभमुहूर्तसँगै छायांकन सुरु

images
images
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  •  काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को शुभमुहूर्त गरिएको छ। सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो।

    images
    images

    शुभमुहूर्तको सेटमा अनमोलसहित फिल्मका कलाकार जसिता गुरुङ, आँचल शर्मा,विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’ निर्मल शर्मा लगायतको उपस्थिति थियो।  

    काठमाडौंसहित लुक्ला र भारतको लद्दाखमा हुने फिल्मको छायांकन सेड्युल ५० दिनको रहेको निर्माणटिमले जनाएको छ। अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा बन्ने फिल्मको निर्माता सरोज न्यौपाने हुन्।सुयोग गुरुङको निर्देशनमा बन्ने यस फिल्ममा सुरक्षा पन्त, भुवन केसी लगायतको अभिनय रहनेछ। यस फिल्ममा भुवन अनमोलको बुवाको रुपमा देखिँदा विपना भने आमाको भूमिका निर्वाह गर्देछिन्। 

    images
    images

    प्रेमकथामा बन्ने यो फिल्म भ्यालेन्टाइनको डेको अवसरमा फागुन २ गतेबाट रिलिज हुनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend