images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • प्रिओपन सेसनमा २.९५ अंकले ...

प्रिओपन सेसनमा २.९५ अंकले बढ्यो नेप्से

प्रिओपन सेसनमा २.९५ अंकले बढ्यो नेप्से

images
images
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । २.९५ अंकले बढ्दै नेप्से २६२०.९० को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    प्रिसेसनमा कारोबारमा आएका ४४ कम्पनीमध्ये २२ को मूल्य घट्यो भने १९ को मूल्य बढ्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

    निरन्तर गिरावटका बिच प्रिसेसनमा कारोबार रकममा निकै गिरावट आएको छ । ३ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २३ लाख ९३ हजार रुपैयाँको भयो ।

    images
    images

    प्रिसेसनमा जलविद्युत क्षेत्रकै कम्पनीको कारोबार उच्च रह्यो । कारोबारमा आएका ४४ कम्पनीमध्ये २० कम्पनी जलविद्युत क्षेत्रका छन् ।

    यसअघि साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार (परिसूचक) ९.१९ घटेको थियो । नेप्से अघिल्लो सातादेखि नै ओरालोमा थियो ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend