काठमाडौं । बुधबार सेयर बजार झिनो अंकले बढेर कारोबार बन्द भएको छ । लामो सयमको गिरावटमा ब्रेक लगाउँदै सेयर बजार ०.०८ अंकले बढेको हो । आजका कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७०५.५३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३१ कम्पनीको सेयर मूल्य घटेको छ भने १२६ कम्पनीको बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.२० अंकले घटेर ४६४.४३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचक झिनो अंकले बढेको दिन कारोबार रकम भने घटेको छ ।




.gif)



