काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म नेपाल रिइन्स्योरेन्स कम्पनीले घाटा व्योहोरेको छ । गत आवको सोही अवधिमा ५३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवमा भने घाटा व्यहोर्नु परेको हो । चालु आवको ६ महिनामा कम्पनी ७ अर्ब ९८ करोड ५१ ल रुपैयाँ घाटामा रहेको छ ।यस अवधिमा कम्पनीको व्यापार सामान्य रुपमा घटेको देखिन्छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले ४ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ३७ करोड रुपैयाँ संकलन भएको थियो । कम्पनीको डाइरेक्ट इनकम ३१ करोडबाट २९ करोडमा झरेको छ भने लगानीबाट प्राप्त हुने आम्दानी ६२ करोडबाट ३३ करोडमा झरेको छ ।
यस अवधिमा कम्पनीले १० अर्ब ७८ करोड रुपैयाँ रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा २ अर्ब ५२ करोड रुपैयाँ भुक्तानी गरेको थियो । हाल कम्पनीले ९ अर्ब २४ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको सोही अवधिमा १ अर्ब २४ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको थियो ।१३ अर्ब ८२ करोड चुँक्ता पूँजी भएको कम्पनीले हालसम्म ४ अर्ब १६ करोड रुपैयाँ दिर्घकालका लागि र १४ अर्ब ६८ करोड अल्पकालका लागि लगानी गरेको छ ।कम्पनीको प्रति शेयर आम्दानी ३।९७ रुपैयाँबाट घटेर ४९.४९ रूपैयाँले ऋणात्मक रहेको छ । प्रति शेयर नेटवर्थ ९३.१६ रुपैयाँ र प्रति शेयरकुल सम्पत्तिको मूल्य २८८.४३ रुपैयाँ रहेको छ ।




.gif)



