images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा ६ अंकको गिरावट, कारोबार...

सेयर बजारमा ६ अंकको गिरावट, कारोबार ४ अर्बमा सिमित

सेयर बजारमा ६ अंकको गिरावट, कारोबार ४ अर्बमा सिमित

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • मंगलबार पनि सेयर बजार घटेर बन्द भएको छ । आज सेयर बजार ६.३१ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७०५.४५ विन्दुमा पुगको छ । आज सेयर बजारमा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८० कम्पनीको सेयर मूल्य बढेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स पनि १.४८ अंकले घटेर ४६४.६४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक घटेको दिन सेयर बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५५ कम्पनीका १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ४८ हजार ११६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend