काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २६ गतेका लागि १७ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।उक्त सभा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल लज रिसोर्टमा दिउसो १ बजेदेखि सुरु हुने छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । त्यस्तै विजय लघुवित्त वित्तीय संस्था लि. को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितको वित्तीय विवरण तथा सो सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने छ ।
यस्तै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व. ०८२/८३ को लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तथा सेवा सुविधा बारेमा निर्णय गर्ने । त्यस्तै संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्ति जानकारी गराउने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने छ ।




.gif)



