images

२०८३ आश्विन १८ गते

images
images
images

गोर्खाज फाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

गोर्खाज फाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । विद्यमान संस्थापक सेयर धनिहरुका लागि ३५ दिनको म्याद राखेर सूचना जारी गर्दा पनि आवेदन नपरेकाले सबैले किन्न पाउने गरि कम्पनीले १५ दिनको सूचना निकालेको हो ।

    images
    images

    कम्पनीले पिर्थि माया राईले आफ्नो नाममा रहेको ७ हजार ३७ कित्ता संस्थापक सेयरहरू बिक्री गर्नका लागि राखिएको हो । कम्पनीले फागनु १० गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त सेयर खरिद गर्न कुनै पनि विद्यमान संस्थापक सेयरधनिहरूबाट निवेदन प्राप्त नभएकोले उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक अन्य सर्वसाधरण व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक सेयर खरिद सम्बन्धी योग्यता पुगेको व्यहोरा खुल्ने कागजात तथा अन्य विवरणहरू खुलाई आवेदन दिन आग्रह गरेको छ । सेयर किन्न इच्छुक व्यक्ति तथा संस्थाले कम्पनीको प्रधान कार्यलय, डिल्लीबजार, काठमाडौंमा सम्पर्क गर्नु पर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend