images

२०८३ आश्विन १८ गते

images
images
images

सानिगाड हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

सानिगाड हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं ।सानिगाड हाइड्रोको आईपीओ आज बाँडफाँड हुने भएको गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले सोमवार बिहान १० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको हो ।कम्पनीले सर्वसाधारणका लागि जेठ १८ गतेदेखि २१ गतेसम्म ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट गरिनेछ । कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको आधारमा ३० प्रतिशत आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    images
    images

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत ८ गतेदेखि ११ गतेसम्म र स्थानीयमा चैत ८ गतेदेखि २५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत २२ गते र स्थानीयमा वैशाख २४ गते आईपीओ बाँडफाँट गरेको हो । यीबाहेक पनि कम्पनीले १ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई पनि बाँडफाँट गरि बाँकी आईपीओ भने सर्वसाधारणमा बाँडफाँट हुन लागेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend