images

२०८३ आश्विन २० गते

images
images
images

‘फेरी रेशम फिलिली’ को सकियो पहिलो चरणको छायांकन

‘फेरी रेशम फिलिली’ को सकियो पहिलो चरणको छायांकन

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं ।   फिल्म ‘फेरी रेशम फिलिली’को चरणको छायांकन सकिएको छ। दसैँ लगत्तै सुरु गरिएको काठमाडौँ र काभ्रेको पाँचखालको छायांकन १२ दिनमा सकिएको हो।

    images
    images

    दोस्रो चरणको छायांकन कार्तिक २२ देखि बाराबाट सुरु गरिने निर्माता रौनक विक्रम कँडेलले बताए। फिल्मको केही प्रतिशत छायांकन निर्माता कडेलको गृह जिल्ला चितवनमा पनि गरिनेछ। पहिलो चरणको छायाकंन उत्साहजनक रहेको उनले बताए।

    याे २०७२ सालमा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’ को सिक्वेल हो। फिल्मको मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया छन्। विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको थपिएकी छन्।

    images
    images

    त्यस्तै सहायक भूमिकामा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेललगायत कलाकारको अभिनय छ।पहिलो भागकाे निर्देशन प्रणव जोशीले गरेका थिए भने ‘फेरि रेशम फिलिली’ लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन्। फिल्ममा निरोज महर्जन र आकाश बरालको पटकथा लेखन छ।

    चर्चित फिल्म ‘दिमाग खराब’ का निर्माता रौनक विक्रम कँडेलको लगानी गरेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन्।सिनेमा वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भइरहेको फिल्ममा सुसन प्रजापतिकाे छायांकन, कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend