images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • निभ कर्पोरेशनले आईपीओ निष्काशन प्रक्रिया अघि...

निभ कर्पोरेशनले आईपीओ निष्काशन प्रक्रिया अघि बढायो

निभ कर्पोरेशनले आईपीओ निष्काशन प्रक्रिया अघि बढायो

images
images
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं, २९ जेठ । निभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीको सञ्चालक समितिले आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्दै विशेष साधारणसभा आह्वान गरेको हो।

    images
    images

    कम्पनीले असार १४ गते विशेष साधारणसभा बोलाएको छ, जहाँ आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गरिनेछ। साथै आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

    सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पेश हुने कम्पनीले जनाएको छ। आईपीओ निष्काशनको निर्णयसँगै निभ कर्पोरेशन पुँजी बजारमा प्रवेश गर्ने तयारीमा रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend