images

२०८३ आश्विन १६ गते

images
images
images

नवाैँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामाकाे तयारी पूरा

नवाैँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामाकाे तयारी पूरा

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना ‘नवाैँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८३’मा १८ दोहोरी टोलीबिच प्रतिस्पर्धा हुने भएको छ । प्रतिष्ठानले बिहीबार धापासी स्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै टिम तथा तयारी जानकारी दिएको हो । ऐतिहासिक एवं सांस्कृतिक जिल्ला नुवाकोटको विदुरमा शुक्रबारदेखि (जेठ २९ गते)देखि सुरु हुने प्रतियोगिता तीन दिन चल्नेछ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको लोक तथा दोहोरी गति प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।

    images
    images

    जेठ २९, ३० र ३१ गते विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा आयोजना हुने यस प्रतियोगिताले नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्य राखेको छ ।प्रतियोगितालाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट प्रक्रिया पूरा गरिएको छ । जसअनुसार सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट २–२ समूह, उपत्यका समन्वय समितिका उत्कृष्ट २ समूह र विदेश शाखाका उत्कृष्ट २ समूह गरी कुल १८ उत्कृष्ट टोलीहरूले रनिङ शिल्डका लागि प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितामा प्रथम हुने टोलीले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । विधागततर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका, अनुशासित गायक/गायिका, र उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने गायक–गायिकाका लागि समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।

    प्रतियोगिताको भव्य उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री माननीय बहादुर सिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । दोस्रो दिन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ र समापन समारोह (अन्तिम दिन) मा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी प्रतिष्ठानकी अध्यक्ष थापा मगरले जानकारी दिइन् ।मूल समारोहको संयोजक प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगर आफैँ रहेकी छिन् भने सह–संयोजकमा प्रशासनिक उपाध्यक्ष दीपक खड्का र उप–संयोजकमा केन्द्रीय सदस्य उषा सुवेदी रहेका छन् । सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका छन् भने कार्यक्रम निर्देशकका रूपमा उज्वल जंग ठकुरी रहेका छन् । मञ्च व्यवस्थापनमा रामजी खाँण र अतिथि सत्कारमा राधिका हमाललगायतका कलाकारहरू विभिन्न उपसमितिमा सक्रिय छन् ।कार्यक्रमको कुल अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ रहेको छ । कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय रहेको छ भने संरक्षकका रूपमा विदुर नगरपालिका र टोखा नगरपालिका रहेका छन् ।

    images
    images

    नुवाकोट उद्योग वाणिज्य सङ्घ यसको प्रवर्द्धक रहेको छ भने मुख्य सहयोगी संस्थाको रूपमा नुवाकोट निर्माण व्यवसायी सङ्घ रहेको छ । प्रतियोगितालाई नुवाकोटमै पुगेर प्रत्यक्ष रूपमा करिब २० हजार दर्शकले अवलोकन गर्ने तथा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका करिब ५० लाख नेपाली तथा नेपालीभाषी दर्शकले हेर्ने अपेक्षा प्रतिष्ठानको छ ।आयोजक प्रतिष्ठानले सम्पूर्ण लोक सङ्गीतप्रेमी, सञ्चारकर्मी र आम नागरिकलाई यो महोत्सवमा सहभागी हुन अपिल समेत गरेको छ ।

    7e048bb1-666b-4518-a5b7-7f8f389671f7

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend