images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेयर बजार८.१४ अंकले घट्यो, ३ अर्ब...

सेयर बजार८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार

सेयर बजार८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन झिनो अंकले बढेको सेयर बजार आज भने ८.१४ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७२८.०३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.०९ अंकले घटेर ४६७.६२ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुई वटाको मात्रै बढेको छ । 

    images
    images

    परिसूचक घटेको दिन कारोबार रकम पनि ३ अर्बमा सिमित भएको छ । आज सेयर बजारमा ३५० कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend