images

२०८३ आश्विन १६ गते

images
images
images

आज परमा एकादशीः भगवान विष्णु र देवगुरु बृहस्पतिको विशेष पूजा गरिँदै

आज परमा एकादशीः भगवान विष्णु र देवगुरु बृहस्पतिको विशेष पूजा गरिँदै

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं, जेठ २८ । आज अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि अर्थात् परमा एकादशी पर्व श्रद्धापूर्वक मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूले आज भगवान श्रीहरि विष्णु, माता लक्ष्मी तथा देवगुरु बृहस्पतिको विशेष पूजा–आराधना गरी व्रत बस्ने गर्दछन्।

    images
    images

    धार्मिक शास्त्रअनुसार परमा एकादशीको व्रत अत्यन्त पुण्यदायी मानिन्छ। यस दिन श्रद्धापूर्वक उपवास बस्ने र भगवान विष्णुको आराधना गर्ने व्यक्तिले धन, विद्या, सन्तान तथा सुख–समृद्धि प्राप्त गर्ने विश्वास रहेको छ। साथै जीवनमा आइपर्ने विभिन्न बाधा, संकट र दुःखबाट मुक्ति मिल्ने धार्मिक मान्यता छ।

    बिहीबार देवताका गुरु बृहस्पतिको दिन भएकाले आजको दिन भगवान विष्णुसँगै माता लक्ष्मीको पनि पूजा गर्ने परम्परा रहेको छ। हिन्दु धर्मग्रन्थहरूमा विष्णु र लक्ष्मीको संयुक्त आराधनाले घर–परिवारमा सुख, शान्ति र समृद्धि कायम रहने उल्लेख गरिएको छ।

    images
    images

    कसरी गर्ने पूजा ?

    धार्मिक विधिअनुसार बिहान सबेरै स्नान गरी शुद्ध भई पहेँलो वस्त्र धारण गर्नुपर्छ। त्यसपछि पहेँलो फूल, चन्दन, अक्षता तथा अन्य पूजा सामग्री तयार गरी भगवान विष्णुको पूजा गर्नुपर्छ। पहेँलो फूल र चन्दन मिसाएर तयार गरिएको प्रसाद भगवानलाई अर्पण गरी विष्णु सहस्रनाम, विष्णु स्तोत्र वा अन्य मन्त्रको पाठ गर्न सकिन्छ।

    व्रत गर्ने भक्तजनले दिनभरि सात्विक आहार ग्रहण गर्ने वा निर्जल व्रत बस्ने चलन पनि रहेको छ। पूजा सम्पन्न भएपछि भगवान विष्णु र माता लक्ष्मीको आरती गरी परिवारको सुख–समृद्धिको कामना गरिन्छ।

    ‘ऊँ गुरवे नमः’ मन्त्र जपको विशेष महत्व

    धार्मिक विश्वासअनुसार बिहीबारको व्रतका दिन ‘ऊँ गुरवे नमः’ मन्त्रको कम्तीमा पाँच माला जप गर्नुपर्ने मान्यता छ। यस मन्त्रको जपले बृहस्पति ग्रह बलियो हुने, ज्ञान र बुद्धि वृद्धि हुने तथा आर्थिक उन्नति प्राप्त हुने विश्वास गरिन्छ।

    १३ महिना वा ७ महिनासम्म व्रत बस्ने परम्परा

    बृहस्पति व्रतको विशेष नियमअनुसार यो व्रत लगातार १३ महिना वा कम्तीमा सात महिनासम्म गर्ने परम्परा रहेको छ। प्रत्येक बिहीबार श्रद्धा र नियमपूर्वक व्रत तथा पूजा गरेमा भगवान विष्णु प्रसन्न भई भक्तजनमाथि विशेष कृपा प्रदान गर्ने धार्मिक मान्यता छ।

    धार्मिक आस्थाका साथ मनाइने परमा एकादशीले भक्तजनलाई आध्यात्मिक शान्ति, सकारात्मक ऊर्जा र धार्मिक संस्कारप्रति अझ निकट बनाउने विश्वास गरिएको छ। आज देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको विशेष भीड लागेको छ भने घरघरमा भगवान विष्णु र लक्ष्मीको पूजा–आराधना गरिँदैछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend