images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक २.५७ अंकले बढ्यो,...

नेप्से परिसूचक २.५७ अंकले बढ्यो, ४ अर्ब २९ करोडको कारोबार

नेप्से परिसूचक २.५७ अंकले बढ्यो, ४ अर्ब २९ करोडको कारोबार

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौं ।साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्ला चार दिन लगातार घटेको बजार आज भने २.५७ अंकले बढेको हो । आजको कारोबार पछि नेप्से परिसूचक २७३६.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२७ कम्पनीको सेयर मूल्य बढेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स भने ०.३५ अंकले घटेर ४६८.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ । परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब माथिको कारोबार भएको बजारमा आज ४ अर्ब भन्दा केही बढीको कारोबार भएको छ । आज ३५६ कम्पनीका ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर ४९ हजार २४८ पटक खरिद बिक्री हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend