काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीले सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो । उक्त कम्पनीको शेयर २ लाख ८७ हजारले १०–१० कित्ताको दरले पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक https://www.sanima.capital/ र मेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ ।सेबोनले फागुन २५ गते उक्त कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपियाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपियाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ३ लाख ५० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।साथै यसअघि नै १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिसकेको छ ।




.gif)





