काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको एपोलो हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज मंगलबारदेखि सुरु हुँदैछ । कम्पनीको ४७ लाख कित्ता सेयर सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि बाटो खुलेको हो ।नेप्सेका अनुसार कम्पनीको पहिलो कारोबार स्पेसल प्रि ओपन सेसन मार्फत हुनेछ । प्रारम्भिक कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य दायरा निर्धारण गरिएको छ । उक्त सीमाभित्र कायम हुने कुनै पनि मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ । दोस्रो बजारमा कम्पनीको सेयर ‘एपिएचएल’ संकेतचिन्हबाट कारोबार हुनेछ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत माघ २० गते प्राथमिक सेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको थियो । आवश्यक प्रक्रिया पूरा गरेपछि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।एपोलो हाइड्रोपावरले ओखलढुंगा र सोलुखुम्बु जिल्लाको सीमाक्षेत्रमा अवस्थित बुकु खोलामा ६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।




.gif)



