images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एभरेष्ट कलरको आइपिओमा आवेदन दिने आज...

एभरेष्ट कलरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ। एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसअघि पहिलो चरणअन्तर्गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७९ हजार कित्ता आइपिओ बिक्री खुला गरिएको थियो । उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ जारी गरिएको हो ।

    images
    images

    निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीलाई रेटिङ संस्था केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्स्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

    साथै, मेरो सेयर प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend