images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • मकालु वाइनले १० लाख कित्ता आईपीओ...

मकालु वाइनले १० लाख कित्ता आईपीओ जारी गर्ने

मकालु वाइनले १० लाख कित्ता आईपीओ जारी गर्ने

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । नेपालको पहिलो वाइन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता साधारण सेयर प्रति कित्ता रु. १०० अंकित मूल्यमा निष्काशन गर्ने तयारी गरेको हो।आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाइन इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन्।

    images
    images

    वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको कम्पनीले करिब ३१ वर्षदेखि समुद्र सतहबाट करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंसेलुबाट “हिंवा वाइन” उत्पादन गर्दै आएको छ। कम्पनीले आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय अर्गानिक वाइन उत्पादन गरिरहेको छ।करिब २० रोपनी आफ्नै जग्गामा सञ्चालन भइरहेको कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारी पनि गरेको जनाएको छ।

    आईपीओ निष्काशनसँगै नेपालको अर्गानिक वाइन उद्योगलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ। रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री व्यवस्थापन, लगानी परामर्श, धितोपत्र प्रत्याभूति लगायतका सेवा प्रदान गर्दै आएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend