images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • मनोहर दास मुल निर्जीवन बीमा व्यवसायी...

मनोहर दास मुल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा निर्वाचित

मनोहर दास मुल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा निर्वाचित

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन् ।संघको सोमबार सम्पन्न नवौं र दशौं वार्षिक साधारण सभाबाट उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनले संघमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । अध्यक्ष पदको कार्यकाल आगामी २ वर्षको हुनेछ ।यस्तै उपाध्याक्षमा आजाद श्रेष्ठ, (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स), महासचिव, महेन्द्रकृष्ण श्रेष्ठ, (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स) कोषध्यक्षमा रमेश कुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स), सदस्यहरुमा कुनाल कयाल (अध्यक्ष, सानिमा जिआईसी इन्स्योरेन्स), पवन अग्रवाल, (सञ्चाकल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) नियुक्त भएका छन् ।

    images
    images

    त्यसैगरी,सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रण गर्ने निर्णय समेत गरेको छ ।निर्जीवन बीमा क्षेत्रमा दुई दशक लामो अनुभव हासिल गरेका मुल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण स्वर्णपदकधारी (गोल्ड मेडलिस्ट) हुन् ।बीमा क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यावसायिक गतिविधिमार्फत उनले देशको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।हाल उनी नेपाल कागज व्यवसायी संघका अध्यक्ष तथा नेपाल च्याम्बर अफ कमर्शका कार्यकारी सदस्य र नेपाल टेनिस संघको अध्यक्ष समेत रहेका छन् ।

    साथै, उनी २०७९ साल फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षका रूपमा कार्यरत छन् ।निर्वाचनपश्चात् प्रतिक्रिया दिँदै अध्यक्ष मुलले नेपालको निर्जीवन बीमा व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी, स्वच्छ तथा प्रतिस्पर्धी बनाउन आफू प्रतिबद्ध रहने बताएका छन् ।उनले बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि, व्यवसाय विस्तार तथा सरोकारवालाबीचको सहकार्यलाई सुदृढ बनाउने दिशामा संघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend