images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एपोलो हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, भोलिबाट...

एपोलो हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार खुल्ने

एपोलो हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार खुल्ने

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। सोमबार नेप्सेमा कम्पनीको कुल ४७ लाख कित्ता शेयर सूचीकृत भएको हो।कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको १४ लाख १० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ३२ लाख ९० हजार कित्ता शेयर गरी कुल ४७ लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ।

    images
    images

    सूचीकृत शेयर अब भोलि मंगलबार स्पेशल प्रि-ओपन सेसनमार्फत कारोबारमा आउनेछ। त्यसपछि नियमित बजारमा कारोबार सुरु हुने व्यवस्था गरिएको छ।नेप्सेले पहिलो कारोबारका लागि एपोलो हाइड्रोपावरको शेयरलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। कम्पनीको शेयर ‘APHL’ टिकर कोडमार्फत कारोबार हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend