images

२०८३ आश्विन २० गते

images
images
images

प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को डेनिला कार्कीले उपाधि

प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को डेनिला कार्कीले उपाधि

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् ।

    images
    images

    शनिबार बेलुका प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा कार्कीले उपाधि जितेकी हुन् । 

    माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले  विजेता कार्कीलाई पुरस्कार प्रदान गरे । यो उपाधि सँगै कार्कीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएकी छन् ।

    images
    images

    त्यस्तै मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितेकी छन् ।  सो प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भएका छन् ।

    रिबन इन्टरटेनमेन्टले आयोजना गरेको सो प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल र एमएस नेपाल इन्टरनेसनलको उपाधि जित्ने राउत र घिमिरेले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend