मेलबर्न । अष्ट्रेलियाको मेलबर्नस्थित नेपाली मन्दिरमा सनातन वैदिक धर्म, संस्कृति र भजन परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि नियमित भजन–कीर्तन कार्यक्रम सञ्चालन हुँदै आएको छ। प्रत्येक शनिबार तथा युवाहरूको पहलमा पाक्षिक रूपमा आयोजना हुने कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने गरेको छ।
हालै आयोजित ‘महा–भजन २’ मा करिब ५०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। यसैबीच, रवी योन्जनको संयोजनमा नेपाली मन्दिरमा ‘सागा दावा दुचेन २०२६’ विशेष कार्यक्रम पनि सम्पन्न भएको छ। यस्ता कार्यक्रमले विदेशमा रहेका नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।महा–भजन २ को सानो झलकको रुपमा भिडियो




.gif)



