images

२०८३ आश्विन १६ गते

images
images
images

एउटै मञ्चबाट २० कृति विमोचन

एउटै मञ्चबाट २० कृति विमोचन

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • काठमाडौँ । लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित १८ सहित २० वटा कृति एकै पटक विमोचन गरिएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न विधाका २० वटा कृति एकै पटक विमोचन गरिएको हो । कार्यक्रममा डौलियाका १८ र अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्यासी) का एक–एक कृति गरी कुल २० वटा पुस्तक सार्वजनिक गरिएको हो । 

    images
    images

    सार्वजनिक गरिएका कृतिहरूमा कविता, कथा, नियात्रा, उपन्यास र जीवनीलगायत रहेका छन् । साहित्यकार डौलियाका विमोचन गरिएका कृतिमा सुगन्ध (कथा सङ्ग्रह), हलेसीदेखि मुक्तिनाथ (यात्रा संस्मरण), बाध्यता (सामाजिक उपन्यास), बस्तीभित्रका हस्तीहरू (संक्षिप्त जीवनी), पर्खालभित्र (कविता सङ्ग्रह), अन्तरमनका आवाज धुन (कविता सङ्ग्रह), जीवनको परिभाषा (कविता सङ्ग्रह) रहेका छन् । यस्तै, अन्त्यहीन यात्रा, प्रशान्तका छाल, अन्तिम सङ्कल्प, बाटो भुलेको यात्री, मौन आकाश, अस्तित्व, उज्यालोको खोजी, रित्तो सहर, उपहार, सम्बन्ध र जलेको मन (कविता सङ्ग्रह) रहेका छन् । यसैगरी, अनन्तविजय डौलियाको बालसाहित्य दोस्ती र विष्णु गुरुङ (प्यासी) को कवितासंग्रह बन पाखाका फूलहरू रहेका छन् । 

    कृतिहरूको संयुक्त राष्ट्रसङ्घका पूर्वराजदूत प्राध्यापक डा.जयराज आचार्य लगायतले विमोचन गरे । पुस्तक विमोचन कार्यक्रममा बोल्दै साहित्यकार डौलियाले विभिन्न विधाका कृतिहरूमार्फत नेपाली समाज र संस्कृतिको चित्रण गरिएको बताए ।उनले आफूले लेखेका कृतिहरूको सङ्ख्या २९ पुगे पनि साहित्य क्षेत्रमा सिक्ने क्रम जारी नै रहेको बताए । उनले आफूलाई लेखनको यात्रामा सहयोग गर्ने सबैप्रति धन्यावाद ज्ञापन गरे । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend