images

२०८३ आश्विन २० गते

images
images
images

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौँ । बलिउडमा हरर कमेडी विधा यतिबेला सर्वाधिक हिट छ । ‘स्त्री २’ ले ६०० करोड भारु कमाउँदै धेरै कमाउने हिन्दी फिल्मको कीर्तिमान रच्यो । ‘स्त्री’को सफलतालाई पछ्याउँदै नेपालमा समेत फिल्म निर्माणको ट्रेन्ड सुरु भएको छ ।

    images
    images

    दर्शकलाई हँसाउने र तर्साउने उद्देश्यले निर्माण भएको फिल्म ‘फिरफिरे फिरिरी’ले ट्रेलर सार्वजनिक गरेको छ । छठ पर्वमा प्रदर्शन तयारीमा रहेको यो फिल्मको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।

    ट्रेलरले गाउँघरमा बसेर विभिन्न पेशा अँगालेका चार युवकको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा पेश गरेको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई ‘भूत’को रुपमा प्रस्तुत गर्न खोजिएको छ ।

    images
    images

    ‘आज साइकल, भोलि फरारी’ बटमलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ । ‘जुलेबी’ फेम्ड निर्माता नवीन भट्ट निर्देशित फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन्रविना केसी, पिटर प्रिन्स, मनोज अधिकारी, शंकर सेढाईं, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले पटकथा लेखेका हुन् भने मनोज अधिकारी निर्माता हुन् । विन्दबासिनी क्रिएसनको ब्यानरमा फिल्म बनेको हो । ‘फिरफिरे फिरिरी’ कात्तिक २२ देखि प्रदर्शनमा आउँदैछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend