images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • हार्भेस्ट मुन ट्राभल्स एन्ड टुर्सको व्यापार...

हार्भेस्ट मुन ट्राभल्स एन्ड टुर्सको व्यापार १४ प्रतिशतले घट्यो

हार्भेस्ट मुन ट्राभल्स एन्ड टुर्सको व्यापार १४ प्रतिशतले घट्यो

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । हार्भेस्ट मुन ट्राभल्स एन्ड टुर्सको व्यापार १४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १४ प्रतिशतले घटेको हो ।कम्पनीले सन् २०२४ मा ४ अर्ब २७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।गत आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ६८ करोड रुपैयाँको मात्रै व्यापार गरेको छ ।कम्पनीले सन् २०२३ मा ६ अर्ब ७९ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ८७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा कम्पनीले २ अर्ब ५१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।

    images
    images

    कम्पनीका अनुसार चालु आवमा पनि ९ प्रतिशतले कारोबार घटेको छ । चालु आवमा ‘जेनजी’ आन्दोलनका कारण सिर्जित राजनीतिक अस्थिरता र खाडी मुलुकमा जाने कामदारका लागि गरिएको कडाइका कारण कारोबारमा कमी आएको कम्पनीको भनाइ छ ।त्यस्तै, मलेसिया सरकारले रोजगारीका लागि जाने नेपालीलाई प्रतिबन्ध गरेकाले कारोबारमा कमी आएको जनाइएको छ । कम्पनीले गत आवमा ०.२८ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.६१ प्रतिशत खुद नाफा कमाएको थियो ।कम्पनीको कुल नगद सञ्चय १ करोड ५० लाख रुपैयाँ रहेको छ । सन् २०२३ मा ३ करोड रुपैयाँ र सन् २०२४ मा ३ करोड २० लाख रुपैयाँ कुल नगद सञ्चय थियो ।

    पर्यटन वृद्धि, कोभिडको कडा नियमहरूमा गरिएको सहजता र अध्ययन तथा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको बढ्दो रुचिका कारण अन्तर्राष्ट्रिय हवाई टिकटिङ क्षेत्रको व्यवसाय निकै सकारात्मक रहेको छ ।नेपाल सरकारले सार्वजनिक गरेको श्रम स्वीकृतिको तथ्याङ्क र पर्यटकहरूको आगमनमा भएको वृद्धिले पनि यस क्षेत्रको व्यवसाय सकारात्मक रहेको स्पष्ट पार्दछ । सोहीअनुसार कम्पनीले बढ्दो अध्ययन र रोजगारीमा जाने प्रवृत्तिले कारोबार बढ्ने अपेक्षा गरेको छ ।सन् १९९९ मा स्थापना भएको यस कम्पनीले अन्तर्राष्ट्रिय हवाई टिकटिङको सेवा दिँदै आएको छ । कम्पनीले विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि हवाई सेवाको टिकटिङ सेवा दिँदै आएको हो ।रामप्रसाद श्रेष्ठ र सुलेखा श्रेष्ठको बराबर हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २५ करोड ६८ लाख रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend