images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • घरजग्गा कारोबारबाट ४३ अर्बभन्दा बढी राजस्व...

घरजग्गा कारोबारबाट ४३ अर्बभन्दा बढी राजस्व संकलन

घरजग्गा कारोबारबाट ४३ अर्बभन्दा बढी राजस्व संकलन

images
images
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • काठमाडौं । घरजग्गा कारोबारबाट यस बर्षको पछिल्लो १० महिनामा ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठेको छ । चालु आर्थिक वर्षको साउनयता सबैभन्दा धेरै वैशाखमा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व उठेको छ। यसअघि चैतमा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व उठेको थियो।चैतको तुलनामा वैशाखमा समग्र घरजग्गा कारोबार घटेको देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको मासिक तथ्यांक छ । चैतमा १ लाख ७६ हजार ७ सय ७१ पटक घरजग्गा कारोबार हुँदा वैशाखमा १ लाख ६९ हजार ५ सय ३८ पटक कारोबार भएको छ ।

    images
    images

    समग्र घरजग्गा कारोबार संख्या घटेको देखिए पनि नयाँ घरजग्गा किनबेचको संख्या बढेको विभागको तथ्यांकले देखाउँछ। चैतमा ५५ हजार ५ सय ३१ पटक नयाँ घरजग्गा खरिदबिक्री हुँदा वैशाखमा ५८ हजार ८ सय ८६ पटक नयाँ घरजग्गा खरिदबिक्री भएको थियो।ठूला जग्गा किनबेच गर्दा राजस्व बढेको तर संख्या कम देखिएको नेपाल घरजग्गा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरे बताउँछन् । ‘साना–साना घरजग्गा कारोबार भयो भने संख्या धेर देखिन्छ। तर राजस्व कम हुन्छ,’ उनले भने, ‘वैशाखमा समग्र कारोबार घटेको छ । तर नयाँ लिखत पारित बढेको छ। राजस्व बढेको छ। त्यो ठूला कारोबार भएकाले हो ।’

    यसैबीच सरकारले तीन करोड रुपैयाँभन्दा माथिको थैली अंक भएको घरजग्गा कारोबार इजाजतपत्र प्राप्त कम्पनीबाट मात्रै अनिवार्य गरिसकेको छ। विभागले सूचना जारी गर्दै देशभरका महानगरपालिका र उपमहानगरपालिकाभित्र कम्पनीबाट मात्रै अनिवार्य कारोबारको व्यवस्था गरेको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend