images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • कालंगा हाइड्रोले कहिले देखि सर्वसाधारणमा आईपीओ...

कालंगा हाइड्रोले कहिले देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्छ ?

कालंगा हाइड्रोले कहिले देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्छ ?

images
images
बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • कालंगा हाइड्रो लिमिटेडको जेठ ८ गते (भोलि) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बझाङ जिल्लाका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।अब कम्पनीले भोलिदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशतले हुने ४९ करोड बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

    images
    images

    यी वाहेक कम्पनीले १ लाख ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँट गरि बाँकी रहेको २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।थप सर्वसाधारणमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्नुपर्नेछ । यो आईपीओ निष्कासन बन्द छिटोमा जेठ १३ गतेका लागि तय गरिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २२ गतेसम्म निष्कासन लम्बिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend