images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख...

राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • पाँचथर, १८ असोज । पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ ।

    images
    images

    फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनस्र्थापना तथा राहतका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरिएको उनले बताएका छन् ।

    फिदिम नगरपालिकाले दैवी विपत्तिमा सबै निकायबीच सहकार्य भएमात्रै राहत, उद्धार र पुनस्र्थापना प्रभावकारी हुनसक्ने भन्दै यसका लागि तीन तहका सरकारबीच पनि प्रभावकारी समन्वयको आवश्यकता रहेको जनाएको छ । फिदिम नगरपालिकाले भोटेकोशी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend