काठमाडौँ । हिमालयन बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ ।बैंकको सञ्चालक समितिको ४९३ औँ बैठकले गरेको निर्णयअनुसार १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा लैजान लागिएको हो ।नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ को प्रावधान अनुसार, संस्थापक समूहको सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्न सकिने व्यवस्था छ । पूँजीबजार र बैंकिङ क्षेत्रमा पर्ने प्रभावलाई मध्यनजर गर्दै एकपटकमा बढीमा १० प्रतिशत बिन्दुसम्म यस्तो परिवर्तन गर्न पाउने सुविधा अनुसार बैंकले यो प्रक्रिया अघि बढाएको हो ।
बैंकले एक सूचना जारी गर्दै यस प्रक्रियामा सहभागी हुन इच्छुक संस्थापक सेयरधनीहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।इच्छुक संस्थापक सेयरधनीले आफ्नो सेयर सर्वसाधारणमा परिणत गर्नका लागि आवश्यक कागजात र स्व-घोषणासहित बैंकको सेयर रजिष्ट्रार हिमालयन क्यापिटलमा आवेदन दिनुपर्नेछ ।कम्पनीहरूको हकमा सञ्चालक समितिको निर्णयसहित आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।




.gif)



