images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • बिहीबार १०.०७ अंकले घट्यो नेप्से, ३...

बिहीबार १०.०७ अंकले घट्यो नेप्से, ३ अर्ब २९ करोडमाथिको कारोबार

बिहीबार १०.०७ अंकले घट्यो नेप्से, ३ अर्ब २९ करोडमाथिको कारोबार

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौं । तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो ।आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।

    images
    images

    आज ८० कम्पनीको मूल्य बढेको छ भने १७४ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार ०.३२ तथा जीवन बीमा ०.०१ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.५१ प्रतिशत घटे ।युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.२२ तथा सामुदायिक लघुवित्तको २.५० प्रतिशत बढ्यो ।

    एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशत घट्यो । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ७.१२, नारायणी डेभलपमेन्ट बैंकको ५.९१, रिजलाइन इनर्जीको ४.७४ र भुजुङ हाइड्रोपावरको ४.३४ प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend