काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा गत आर्थिक बर्ष २०८०/८१ को सोही अवधिको तुलनामा बैंकको नाफा १७.२७ प्रतिशतले कम हो।गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी आम्दानी ३ रुपैयाँ ४४ पैसा घटेर ११ रुपैयाँ ७७ पैसा झरेको छ। गत आर्थिक वर्षको समिक्षा अवधिमा प्रतिशेयर आम्दानी १५ रुपैयाँ २१ पैसा थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ।




.gif)





