काठमाडौं । नेपालका लागि एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी एमजी एस६ ईभी नेपाली बजारमा सार्वजनिक गर्ने मिति तय गरेको छ।
कम्पनीका अनुसार आगामी सन् २०२६ मे ११ अर्थात् वैशाख २८ गते सोमबार एक विशेष समारोहबीच यस नयाँ मोडलको औपचारिक बिक्री सुरु गरिनेछ।
पारामाउन्ट मोटर्सले एमजी एस६ को लन्चका लागि निमन्त्रणा गर्दै नेपाली ग्राहकलाई नयाँ पुस्ताको इलेक्ट्रिक सवारीको अनुभव गराउने तयारी भइरहेको जनाएको छ।
के छ लन्च हुन लागेको इभीमा ?
यो एसयूभी एमजीको पछिल्लो ग्लोबल डिजाइन ल्याङ्ग्वेजमा आधारित रहेको बताइएको छ। कम्पनीले यसलाई हालका मोडलहरूभन्दा अझ बढी प्रिमियम र अत्याधुनिक फिचर्ससहित बजारमा ल्याउन लागेको हो।
२०२६ मोडल भएकाले यसमा एमजीको परिष्कृत ब्याट्री प्रविधि रहने अपेक्षा गरिएको छ। यसले एक पटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्ने अनुमान गरिएको छ, जसले लामो दूरीको यात्रालाई सहज बनाउने विश्वास गरिएको छ।
यो गाडीमा ADAS (उन्नत चालक सहायता प्रणाली) को पछिल्लो भर्सन, अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम तथा विलासी क्याबिन फिचर्सहरू समावेश हुनेछन्।
नेपालमा एमजी ZS ईभीले पाएको सफलतापछि एमजी एस६ ले पनि ईभी बजारमा कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। यसले विशेषगरी प्रिमियम इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
लन्च कार्यक्रमको प्रतीक्षा
पारामाउन्ट मोटर्सले मे ११ मा हुने यस भव्य लन्च कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई आमन्त्रण गरेको छ। उक्त दिन गाडीको आधिकारिक मूल्य, भेरियन्ट तथा विस्तृत प्राविधिक विवरण सार्वजनिक गरिने कम्पनीले जनाएको छ।




.gif)





