images

२०८३ आश्विन १६ गते

images
images
images
  • पूर्वाधार
  • पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा...

पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

images
images
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • काठमाडौँ, २० वैशाख । पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ‘इकु पहिरो’का कारण वैशाख १६ गतेदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आइतबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

    images
    images

    केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले राजमार्ग खुलाउने प्रयास जारी रहेको जानकारी दिए। उनका अनुसार वर्षाका कारण अन्य क्षेत्रका सडकहरूमा पनि आंशिक अवरोध देखिएको छ।

    बाढीले भोजपुर नगरपालिका–५ बोखिमस्थित मइ पहाडी लोकमार्गमा समस्या उत्पन्न हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा आएको छ।

    images
    images

    प्रहरीले अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेका सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, मौसमको अवस्था सुधार नहुँदासम्म अनावश्यक यात्रा नगर्न पनि सुझाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend