images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • कैलालीमा गहुँ खरिद सुरु, किसानलाई समर्थन...

कैलालीमा गहुँ खरिद सुरु, किसानलाई समर्थन मूल्यभन्दा बढी भाउ

कैलालीमा गहुँ खरिद सुरु, किसानलाई समर्थन मूल्यभन्दा बढी भाउ

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • कैलाली, १६ वैशाख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ। कम्पनीले मंगलबारदेखि जिल्लाका मोहनपुर र टीकापुरस्थित गोदाममार्फत किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद थालेको हो।

    images
    images

    कार्यालय प्रमुख दीपक थापा का अनुसार सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य ३,९४५ रुपैयाँ प्रतिक्विन्टल रहे पनि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले ४,२५० रुपैयाँ प्रतिक्विन्टलमा खरिद गरिरहेको छ।

    उनले जिल्लाका लागि १० हजार क्विन्टल गहुँ खरिद कोटा निर्धारण गरिएको जानकारी दिए। प्रतिकिसानबाट अधिकतम ७० क्विन्टल तथा कृषिसम्बन्धी सहकारीबाट अधिकतम ५०० क्विन्टलसम्म गहुँ खरिद गरिनेछ। स्थानीय तहले आवश्यक गोदाम उपलब्ध गराएमा जिल्लाका अन्य स्थानबाट पनि खरिद प्रक्रिया विस्तार गरिने उनको भनाइ छ।

    images
    images

    गहुँ बिक्रीका लागि किसानले आफ्नो परिचय खुल्ने कागजात, वडाबाट प्रमाणित किसान सिफारिस वा प्रमाणित प्रति र स्वघोषणापत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ। खरिद गरिएको गहुँको भुक्तानी भने बैंक खातामार्फत अनलाइन प्रणालीबाट गरिने कार्यालयले जनाएको छ।

    गत वर्ष कैलालीमा ५ हजार क्विन्टलको कोटा निर्धारण गरिए पनि जम्मा ५२ दशमलव ५ क्विन्टल मात्रै गहुँ खरिद भएको थियो। यस वर्ष भने उच्च मूल्यका कारण किसानको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend