images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा...

हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै

हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • झापा, १० वैशाख । एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन् ।

    images
    images

    घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जङ्गली हात्तीले दुःख दिन थालेको स्थानीयवासीको गुनासो छ। जीर्ण घेराबेरा मर्मत गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत तीन वटा निकायले चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्नेगरी  ३० लाख रुपैयाँ बजेट दिएका छन् ।

    मेचीनगरको नकलबन्दादेखि बाहुनडाँगीसम्म भारतसँग सीमा जोडिएको १८ किलोमिटर क्षेत्रमा विसं २०७२ मा विश्व बैङ्कको  एक करोड २० लाख रुपैयाँ लगानी र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा अफसेट प्रविधियुक्त सौर्य विद्युतीय घेराबारा जडान गरिएको थियो । 

    images
    images

    सौर्य घेराबारा प्रभावकारी भएकाले सुरुका वर्षहरुमा भारतबाट बथानमा नेपाल आउन खोज्ने जङ्गली हात्ती सीमामै रोकिएका थिए। तर, घेराबाराको नियमित मर्मतसम्भार हुन नसक्दा बिगत पाँच वर्षयता बाहुनडाँगीबाट निर्बाध प्रवेश गर्ने हात्तीले जनधनको क्षति पुर्याउँदै आएका छन् ।

    मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले सौर्य विद्युतीय घेराबाराको उपकरण मर्मतका लागि बजेट आएपछि स्थानीयवासी हर्षित भएको बताएका छन ।

    उनका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ मा मर्मतसम्भारका लागि वन मन्त्रालयले १० लाख रुपैयाँ, राष्ट्रिय प्रकृति संरक्षण कोषले १० लाख रुपैयाँ  र मेचीनगर नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

    “अठार किलोमिटर दूरीमा रहेको विद्युतीय घेराबारामा १८ स्थानमा ब्याट्री सहितको उपकरण जडान गरिएका थिए,” अध्यक्ष उप्रेतीले भन्नुभयो, “ती सबै ब्याट्री फेर्नुपर्ने अवस्था छ । गौडाहरुमा विद्युत् प्रवाह हुने तार र खम्बाहरु समेत ढलेका छन् । तिनको पनि मर्मत गर्नैपर्ने हुन्छ ।”

    मञ्चमार्फत नै घेराबेरा मर्मत हुने र भारतबाट ब्याट्रीलगायत उपकरण आयातको प्रक्रिया सुरु भइसकेको उप्रेतीले जानकारी दिएका छन ।

    भारतको आसाम र पश्चिम बङ्गालको विभिन्न वन्यजन्तु आरक्षण केन्द्रहरुबाट जङ्गली हात्तीहरु नेपाल प्रवेश गर्ने मुख्य स्थान नै मेचीनगरको बाहुनडाँगी हो । जहाँ दिनहुँ एक सयको बथानमा हात्ती नेपाल प्रवेश गर्दै आएका छन् । आहार खोज्दै भित्रिने ती हात्तीले झापाको उत्तरी क्षेत्रमा जनधन र बालीको व्यापक क्षति गर्दै आएका छन् ।

    विद्युतीय घेराबाराको नियमित मर्मतसम्भारका लागि सरकारले बजेट नदिँदा समस्या बल्झिएको जनाउँदै मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले मर्मतका लागि बजेटको दिगो व्यवस्थापन आवश्यक रहेको बताएका छन ।

    “मानव हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्न र सहअस्तित्वको अवधारणाबाट अघि बढ्न बाहुनडाँगीमा विभिन्न असल अभ्यास भइरहेको छ,” उनले भने, “जनधन र बालीको सुरक्षाका लागि युवाको द्रुत परिचालन टोली गठनदेखि बाली बिमाको व्यवस्थामा ध्यान केन्द्रित गरिरहेका छौँ । विद्युतीय घेराबारा मर्मत भएपछि बथानमा भित्रिने हात्ती मेची नदीपारि नै रोकिनेछन् । जसबाट निकै राहत मिल्ने आशा छ ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend