images

२०८३ आश्विन १६ गते

images
images
images

सुक्खा बन्दरगाहद्वारा ३ महिनामा १२ अर्ब ७५ करोड राजस्व संकलन

सुक्खा बन्दरगाहद्वारा ३ महिनामा १२ अर्ब ७५ करोड राजस्व संकलन

images
images
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • वरिगञ्ज (पर्सा) वरिगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको असोज मसान्त सम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो । 

    images
    images

    सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन  रु २५ करोड ८४ लाख ११ हजार ले कमी भएको बताए ।“गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ”, उनले भने, “चालु आवको दसैँमा पनि अपेक्षाकृत आयात बढ्न सकेन । जसले गर्दा राजस्वको लक्ष्य भेट्टाउन सकेन ।” 

    कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गर्‍यो । त्यस्तै चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत अर्थात् चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन ग¥यो । 

    images
    images

    त्यस्तै चालु आवको तेस्रो महिना अर्थात् असोजमा भने मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत अर्थात् चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व सङ्कलन गर्‍यो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend