काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
नयाँ सरकार गठनसँगै मन्त्री गीता चौधरीको पहलमा उक्त मूल्य निर्धारण गरिएको हो। मन्त्रालयका अनुसार गहुँको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा र चैते धानको मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ तोकिएको छ। यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानका लागि लागू हुने जनाइएको छ।
मन्त्रालयले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको धानको हकमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर मूल्य निर्धारण गरिने व्यवस्था गरेको छ।
गत आर्थिक वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विन्टल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको मूल्य प्रतिक्विन्टल ५५ रुपैयाँ ८ पैसा बढेको हो। अघिल्लो वर्ष गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा र चैते धानको मूल्य २ हजार ८ सय ६९ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरिएको थियो।
सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्दै कृषि उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।




.gif)





