वासिङ्टन डीसी । अमेरिकन प्रथम महिला मेलनिया ट्रम्पले यौन दुराचारी जेफ्री एपस्टिनसँग आफ्नो कुनै पनि सम्बन्ध रहेको दाबी अस्वीकार गरेकी छिन् । ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्ता आरोपहरू आजै समाप्त हुनुपर्ने बताएकी छिन् । बिहीबारको अप्रत्याशित घोषणामा उनले एप्स्टिनका यौन तस्करीका पीडितहरूका लागि अमेरिकी कांग्रेसमा औपचारिक सुनुवाइ गरिनुपर्ने माग गररेकी छिन् ।एप्स्टिनले मेलनियालाई डोनाल्ड ट्रम्पसँग चिनाएको भन्ने अफवाह अनलाइनमा फैलिएका पछि यी हल्लाहरूलाई खण्डन गर्दै उनले यी सबलाई “दुष्प्रचारपूर्ण प्रयास” भनिन् । मेलनियाले आफू सन् २००० तिर एप्स्टिनसँग केवल सामान्य रूपमा भेटेको भन्दै त्यतिबेला आफूलाई कुनै प्रकारको दुव्र्यवहारबारे जानकारी नभएको स्पष्ट पारिन् । “म कहिल्यै पनि यससँग सम्बन्धित थिइनँ, न त कुनै रूपमा सहभागी नै थिएँ,” उनले भनिन् । त्यसैगरी उनले एप्स्टिनकी सहयोगी घिसलेन म्याक्सवेललाई पनि नचिनेको बताइन् ।एप्स्टि
नसम्बन्धी फाइलमा सार्वजनिक भएको सन २००२ को इमेलबारे प्रतिक्रिया दिँदै उनले त्यसलाई “सामान्य शिष्टाचारपूर्ण संवाद” मात्र भएको दाबी गरेकी छिन् । उक्त इमेलमा “जी” लाई सम्बोधन गरिएको छ । मेलमा जी भनेर घिस्लेन म्याक्सवेललाई सम्बोधन गरेको बुझिएको छ । सो सन्देशमा न्यूयोर्क म्यागजिनमा प्रकाशित एक कथाबारे प्रशंसा गरिएको देखिन्छ । उक्त लेखमा डोनाल्ड ट्रम्पले एप्स्टिनलाई “रमाइलो व्यक्ति” भन्दै प्रशंसा गरेका भनाइहरू पनि समावेश थिए ।मेलनियाले एक्कासि यो घोषणा किन गरियो भन्ने कुरा स्पष्ट छैन । मेलनियाको कार्यालयले पनि उनले एपस्टाइनबारे बयान दिने कुनै पूर्व संकेत थिएन । ह्वाइट हाउसले उनको टिप्पणीलाई दैनिक तालिकामा राख्दा पहिले यो विषय साझा गरेको थिएन ।




.gif)



