नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ। प्राधिकरणले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै ४९ उद्योगको नाममा सूचना जारी गरेको हो।सूचनामा कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ। महसुल नबुझाउनेको हकमा कानुन बमोजिम असुल उपर गरिने पनि सूचनामा उल्लेख छ।
ऊर्जा मन्त्रालयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो। उर्जा मन्त्रालयलयले स्पष्टिकरण सोधे लगत्तै प्राधिकरणले बक्यौता बुझाउन उद्योगलाई ताकेता गरेको छ।





.gif)





