images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा...

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ । केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै अनुदानमा बिरुवा वितरण गर्ने योजना अघि बढाइएको हो ।नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीका अनुसार किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीलाई मागका आधारमा केराका बिरुवा उपलब्ध गराइनेछ । किसानलाई कूल रु १० लाख मूल्य बराबरका केराका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । केराका बिरुवाको मूल्यको आधा रकम नगरपालिका र आधा रकम किसानले व्यहोर्ने छन् ।

    images
    images

    किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउन नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको जनाएको छ । यस कार्यक्रमबाट केरा खेतीमा संलग्न किसानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । हाल कृष्णपुर नगरपालिकामा व्यावसायिक रूपमा करिब ३५ भन्दा बढी किसान केरा खेतीमा संलग्न रहेका छन् । नगरपालिकाको विभिन्न क्षेत्रमा करिब ५५ हेक्टरभन्दा बढी जमिनमा केराखेती हुँदै आएको कृषि शाखा प्रमुख धामीले बताउनुभयो । अनुदानमा केराका बिरुवा वितरणका लागि नगरपालिकाले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । इच्छुक किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीले तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    निवेदनका साथ केराका बिरुवाको सङ्ख्या, केराको जात, किसान समूह वा सहकारीको दर्ता प्रमाणपत्रको प्रतिलिपि, खेती गर्ने जमिनको क्षेत्रफल खुल्ने जग्गाधनी पुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने सर्त राखिएको छ । एलानी जग्गामा खेती गर्ने भए भोगचलन प्रमाण र भाडामा लिएको भए करार सम्झौताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।गरपालिकाले यस कार्यक्रममार्फत स्थानीयस्तरमा केरा उत्पादन वृद्धि गर्दै किसानको आम्दानी बढाउने र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend