images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • पशु क्षति भएका कृषकलाई रु १०...

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

images
images
शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • दमौली (तनहुँ), २९ फागुनः तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रम अन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत रु तीन लाख १३ हजार ५०० वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो ।

    images
    images

    यस वर्ष वितरण गरिएको राहत रकम भैँसी, गाई, गोरु तथा बाख्रामा भएको क्षतिका आधारमा प्रदान गरिएको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिनुभयो । 

    वडा नं ३ का शान्ता मिश्रलाई भैँसी क्षतिबापत रु ८१ हजार, वडा नं ५ का गणेशबहादुर मगरलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ छिम्केश्वरी लाब्दी बाख्रा फार्मलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ४ मिनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ५ सुदीप गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ मानबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको उहाँले बताउनुभयो । 

    images
    images

    वडा नं ५ वीरबहादुर कामीलाई गोरु क्षतिबापत रु १८ हजार, वडा नं ६ झिमेल भुजेललाई गाई क्षतिबापत रु ३६ हजार, वडा नं ६ मनबहादुर भुजेललाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, धनबहादुर गुरुङलाई गोरु क्षतिबापत रु १८ हजार, निमबहादुर भुजेललाई गोरु क्षतिबापत रु १८ हजार र जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको छ । 

    पशु बिमा कार्यक्रमअन्तर्गत प्रिमियम शुल्कको ८० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्दै आएको छ भने कृषकले तिर्नुपर्ने २० प्रतिशत रकम गाउँपालिकाले नै व्यवस्थापन गर्ने भएकाले कार्यक्रम शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन भइरहेको छ ।

    गाउँपालिकाले पशुपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका कृषकलाई समयमै पशु बिमा गराउन तथा आकस्मिक क्षतिबाट राहत लिन कार्यक्रमको लाभ लिन अनुरोध गरेको छ । 

    अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो । देवकोटाका अनुसार वडा नं ४ का १८ कृषकलाई रु दुई लाख ९६ हजार सात सय, वडा नं ५ का सात जना कृषकलाई रु एक लाख ५० हजार तीन सय, वडा नं ६ का १७ जना कृषकलाई रु दुई लाख ६५ हजार ५०० राहत वितरण गरिएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend