images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • साइबर हमलाबाट जोगिन राष्ट्र बैंकको विशेष...

साइबर हमलाबाट जोगिन राष्ट्र बैंकको विशेष सुझाव

साइबर हमलाबाट जोगिन राष्ट्र बैंकको विशेष सुझाव

images
images
मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने वित्तीय कारोबारमा बढ्दो साइबर जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बैंकले डिजिटल प्रविधिको प्रयोग विस्तारसँगै साइबर हमलाको सम्भावना पनि बढ्दै गएको उल्लेख गर्दै सुरक्षित कारोबारका लागि तीन तहको सुरक्षा प्रणाली अनिवार्य रूपमा अपनाउनुपर्ने जनाएको छ।

    images
    images

    राष्ट्र बैंकले जारी गरेको सचेतनामूलक सन्देशमा सुरक्षित डिजिटल कारोबारका लागि प्रयोगकर्ताले बहु(तह प्रमाणीकरण अपनाउनु अत्यावश्यक रहेको उल्लेख गरिएको छ।

    यस्तो छ तीन तहको सुरक्षा प्रणालीः

    images
    images

    पहिलो तह ,ज्ञान कारक, यो तहले प्रयोगकर्तालाई मात्र थाहा हुने गोप्य जानकारी जनाउँछ। जस्तैस् पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर। यस तहको सुरक्षा पूर्ण रूपमा प्रयोगकर्ताको ज्ञान र सावधानीमा निर्भर हुन्छ। यस्ता विवरण कसैसँग पनि साझेदारी नगर्न बैंकले सुझाव दिएको छ।

    दोस्रो तह,कब्जा कारक,यो तहमा प्रयोगकर्तासँग मात्र हुने वस्तुहरू समावेश हुन्छन्। जस्तैस् मोबाइल फोन, बैंक कार्ड, ओटीपी प्राप्त हुने उपकरण वा सुरक्षा टोकन। यी माध्यमहरूले प्रयोगकर्ताको पहिचान प्रमाणीकरण गर्न सहयोग पुर्‍याउँछन्।

    तेस्रो तह ,बायोमेट्रिक कारक, यस अन्तर्गत औँठाछाप, अनुहार चिन्ने प्रणाली  आँखाको स्क्यानजस्ता बायोमेट्रिक विवरण पर्छन्। यी प्रमाणीकरण विधिहरूले डिजिटल कारोबारलाई थप सुरक्षित बनाउने बैंकको भनाइ छ।

    राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबार गर्दा यी तीनै तहको सुरक्षा अपनाउन, व्यक्तिगत विवरण गोप्य राख्न र शंकास्पद गतिविधि देखिएमा सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend