images

२०८३ आश्विन १९ गते

images
images
images

सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

images
images
सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक बिदाका दिन समेत बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन, अर्थात् फागुन २१ गते बिहीबार, बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो।

    images
    images

    राष्ट्र बैंकले सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूलाई भुक्तानी व्यवस्था तथा राजस्व दाखिला गर्ने कार्य नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ। साथै, निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत हुने कारोबारलाई सहज बनाउन पनि आवश्यक व्यवस्था मिलाउन भनिएको छ।

    निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले राजनीतिक दल तथा उम्मेदवारका नगद, चेक वा अन्य विनिमय साधनमार्फत हुने दाखिला तथा भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेछ।

    images
    images

    राष्ट्र बैंकको यस निर्णयले सार्वजनिक बिदाका दिन पनि आर्थिक तथा सरकारी कारोबार निरन्तर सञ्चालन भई सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend