images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • डिसहोम इन्टरनेट कनेक्सनमा विशेष अफर...

डिसहोम इन्टरनेट कनेक्सनमा विशेष अफर सार्वजनिक

डिसहोम इन्टरनेट कनेक्सनमा विशेष अफर सार्वजनिक

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । डिसहोमले इन्टरनेट कनेक्सन गर्ने नयाँ ग्राहक र रिचार्जलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।यस योजना अन्तर्गत, २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनस सुविधा उपलब्ध हुनेछ ।

    images
    images

    यस अफरले ग्राहकलाई थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीको भनाइ छ ।यसको अतिरिक्त ग्राहकले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू समेत जित्न सक्नेछन् ।

    हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम एप्लाइन्स का सामान, आईटेल ए६० स्मार्टफोन, मिभी डुओपड्स टी२० इयरबड्स र डिसहोम ४के स्ट्रिमर जस्ता उपहारहरू जित्न सक्नेछन् ।बम्पर लक्की ड्र अन्तर्गत एक जना भाग्यशाली विजेताले डीएचआई होम एप्लाइन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन् ।

    images
    images

    डिसहोमले आफ्ना ग्राहकका लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ ।डीएचआई होम एप्लाइन्सका सामानमा ४० प्रतिशत, मिभी डुओपड्समा ५४ प्रतिशत र फायरबोल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोम इन्टरनेटको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend