images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • शिखर पावर डेभलपमेन्ट लिमिटेड आईपीओ आइतबारदेखि...

शिखर पावर डेभलपमेन्ट लिमिटेड आईपीओ आइतबारदेखि खुला

शिखर पावर डेभलपमेन्ट लिमिटेड आईपीओ आइतबारदेखि खुला

images
images
शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले फागुन १७ गते आइतबार देखि फागुन २२ गते शुक्रबार सम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।

    images
    images

    यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर खुला गरिएको हो।

    कम्पनीले ९८ करोड रुपैयाँ जारी पूँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरका ३२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्येः ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि,२ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,१ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि उक्त शेयरहरू निष्काशन तथा बाँडफाँट सम्पन्न भइसकेको छ।

    images
    images

    दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता (प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य) सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कुल रकम १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर हुनेछ।

    बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड का अनुसार उक्त आईपीओ १ लाख ८४ हजार २ सय ६० जना लगानीकर्ताले न्यूनतम १०–१० कित्ताका दरले प्राप्त गर्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend