images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • शिव न्यौपाने भन्छन्ः ‘अस्ट्रेलियामा पैसा रूखमा...

शिव न्यौपाने भन्छन्ः ‘अस्ट्रेलियामा पैसा रूखमा होइन, फोहोरको थुप्रोमा हुन्छ’

शिव न्यौपाने भन्छन्ः ‘अस्ट्रेलियामा पैसा रूखमा होइन, फोहोरको थुप्रोमा हुन्छ’

images
images
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • अर्थसमाचार संवाददाता । अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली लेखक तथा सामाजिक अभियन्ता शिव न्यौपानेले फोहोर व्यवस्थापनलाई आयआर्जन सँग जोड्दै नेपालका लागि व्यावहारिक आर्थिक मोडल प्रस्ताव गरेका छन्। “अस्ट्रेलियामा पैसा रूखमा होइन, फोहोरको थुप्रोमा हुन्छ,” भन्ने उनको भनाइ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

    images
    images

    न्यौपाने अष्ट्रेलियाली नेपाली समुदायमा आफ्नो कृति फलाङ फूड डिक्शनरी मार्फत परिचित छन्। लेखन सँगै उनी वातावरण संरक्षण र पुनःचक्रण अभियानमा सक्रिय छन्। उनले नेपाल सरकारले पुनः प्रयोग गर्न मिल्ने सामग्रीको व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन्।

    फोहोरबाट आय, विद्यालयलाई दान, न्यौपानेका अनुसार, अष्ट्रेलियामा घरघरबाट प्लास्टिक, बोतल र धातुजन्य सामग्री छुट्याएर पुनःचक्रण केन्द्रमा बिक्री गरिन्छ। उनी स्वयंले पनि बिदाको दिनमा यस्ता सामग्री संकलन गरी बिक्री गर्ने र त्यसबाट प्राप्त रकम विद्यालय तथा विपन्न वर्गलाई सहयोग गर्ने गरेका छन्।

    images
    images

    “फोहोरलाई सही व्यवस्थापन गरे नगदमा रूपान्तरण गर्न सकिन्छ। यसले वातावरण जोगाउँछ र साना–साना आय स्रोत पनि सिर्जना गर्छ,” न्यौपाने भन्छन्।

    अवास्तविक वाचाभन्दा व्यावहारिक कदम आवश्यक, उनले राजनीतिक नेतृत्वलाई अवास्तविक नारा भन्दा व्यवहारिक समाधानमा केन्द्रित हुन आग्रह गरेका छन्। “एक दशकमा नेपाललाई सिंगापुर बनाउने जस्ता भाषणभन्दा, घरपरिवारलाई पुनःचक्रणमा सहभागी गराउने नीति बनाउनु प्रभावकारी हुन्छ,” उनको तर्क छ।

    उनका अनुसार, यदि नेपालले प्लास्टिकजन्य फोहोर व्यवस्थापनलाई व्यवस्थित बनायो भने आयातमा निर्भरता घटाउन सकिनेछ र देशको वित्तीय तथा वातावरणीय दिगोपनमा योगदान पुग्नेछ।

    शैक्षिक क्षेत्रमा व्यवहारिक शिक्षा आवश्यक, न्यौपानेले शैक्षिक संस्थाहरूले वातावरणीय विषयमा प्रमाणपत्र मात्र दिने होइन, व्यवहारिक तालिम र समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, युवा पुस्तालाई फोहोर व्यवस्थापन र पुनःचक्रण मार्फत उद्यमशीलताको अवसर दिन सकिन्छ।

    विपन्नका लागि राजस्व संकलन अभियान, अष्ट्रेलियामा प्राप्त अनुभवलाई आधार बनाउँदै न्यौपानेले नेपालका विपन्न व्यक्तिहरूका लागि राजस्व संकलन गर्ने परियोजना पनि सुरु गरेका छन्। उनको विश्वास छ, “यो अभियानले एकातिर आवश्यकतामा परेकालाई सहयोग पुर्‍याउँछ भने अर्कोतिर नेपालमा दिगो विकास र वातावरण संरक्षणको संस्कार विकास गर्न मद्दत गर्छ।”

    उनको सन्देश स्पष्ट छ—फोहोर समस्या मात्र होइन, सम्भावना पनि हो। उचित नीति र सचेतनासँगै यसलाई आर्थिक स्रोतमा रूपान्तरण गर्न सकिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend