images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति,...

नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, जीवन बीमा कोष खर्ब नजिक

नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, जीवन बीमा कोष खर्ब नजिक

images
images
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा प्रगति देखिएको हो ।वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ९७ अर्ब ५६ अर्ब २६ करोड रुपैयाँ संचित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार गत आवको तुलनामा २५.१६ प्रतिशतले बृद्धि भएको देखिएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा चार अर्ब सात करोड रुपैयाँ, महाविपत्ती कोषमा ७३ करोड ७१ लाख रुपैयाँ सञ्चिती रहेको छ । कम्पनीले कोषहरुमा ठूलो मात्रामा रकम सञ्चिती गरेको छ । जसले गर्दा भोलि आउँने कुनै पनि प्रकारका भैपरी घटनाबाट अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरीएको छ ।

    images
    images

    कूल पाँच अर्ब ६९ करोड चुक्ता पुँजि भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा २.७६ प्रतिशतले बृद्धि भई २८ करोड ६८ पुगेको छ । गत आवमा कम्पनीको कूल नाफा २७ करोड ९१ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेशनल लाइफ इन्स्योरेन्सले कूल १० अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा ९.४९ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीले ११ अर्ब ७१ करोड रुपैयाँको कुल बीमा दावी भुक्तानी गरेको छ ।

    त्यस्तै, कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी दुई अर्ब ८७ करोड ८७ लाख रुपैयाँ रहेको छ । नेशनल लाइफ इन्स्योरेन्सको कुल आम्दानी १४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने कुल खर्च १३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १४ लाख ६१ हजार ५०८ वटा रहेका छन् । गत वर्षको यसै अवधीमा १५ लाख ६२ हजार ३३१ वटा बीमा पोलिसीहरु रहेका थिए । समीक्षा अवधीमा नेशनल लाइफको प्रतिशेयर आम्दानी १०.२८ रुपैयाँ रहेको छ । समग्रमा नेशनल लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देख्न सकिन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend